LISTEN LIVE RADIO

दाङमा ज्यूँदो खसी बोकाको खरिद मूल्य निर्धारण, एक हजार खसी बोका काठमाडौं लगिँदै



दाङमा ज्यूँदो खसी बोकाको खरिद मूल्य निर्धारण, एक हजार खसी बोका काठमाडौं लगिँदै

दाङ १५ असाेज । यस वर्ष दशैं तिहारका लागि दाङबाट एक हजार खसी बोका खरिद गरि काठमाडौं पठाइने भएको छ । पहिलो चरणमा ६ सय वटा खसी बोका खरिद गरेर पठाउने र बाँकी ४ सय दोस्रो चरणमा खरिद गरेर पठाउने तयारी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए ।

यसवर्ष खसी बोकाको मूल्य प्रमुख जिल्ला अधिकारी, भेटनरी प्रमुख र खाद्य कार्यालयको सदस्य सविच रहेर विहिबार बैठक बसेर मूल्य निर्धारण गरेको उनले बताए । विहिबार बसेको बैंठकले १५ किलो देखि माथिको खसीको मूल्य ५५०, २५ किलोदेखि माथिको ५६५ रुपैंया र १८ किलो देखि माथिको बोकाको ५४५ रुपैंया मूल्य निधारण गरिएको उनले जानकारी दिए । खसी बोका यही असोज २२ गते काठमाडौं पुग्ने गरी पठाउन भनेकोले यस वर्ष छिट्टै खरिद गरेर पठाउने तयारी गरेको बताएका छन् ।

‘अविरल वर्षाले बाटो खराब छ । २२ गते पुग्ने गरेर पठाउन केन्द्रबाट भनेको छ तर हामीले भने २० वा २१ गते खरिद गर्छौ, खसी बोकालाई एकदिन पठाउन ढिला भयो भने मर्ने सम्भावना पनि उतिकै हुन्छ, प्रमुख चौधरीले भने ।’ गत बर्ष २५ किलो भन्दा माथिको खसीको मुल्य ५५० रुपैंया र २० देखि २५ किलोसम्मको खसीको मुल्य ५३५ रुपैंया निधारण गरिएको निधारण गरिएको प्रमुख चौधरीले बताए । त्यस्तै गत वर्ष बोका १६ किलोभन्दा माथिको मुल्य ५३० रुपैंया निधारण गरिएको थियो । साथै उनले गत वर्ष १६ किलोभन्दा माथिको बोका खरिद गर्न भनेकोमा यसवर्ष भने १८ किलो भन्दा माथिको खरिद गर्न केन्द्रले निर्देशन दिएको बताएका छन् ।

त्यस्तै यसवर्ष खसी २० किलोभन्दा माथि तौल भएको खरिद गर्न केन्द्रले निर्देशन दिएको उनको भनाइ छ । ‘१६ किलोभन्दा कम तौल भएको बोका र २० किलोभन्दा कम तौलको खसी खरिद गरेर पठाउँदा बाटोमै मर्ने समस्या आउने भएकोले केन्द्रले सो तौल समूहका खसी बोका नकिन्न केन्द्रले निर्देशन दिएको उनले भने ।’ ‘किसानहरुले खसी बोकाको मूल्य ५७०÷५७५ सम्म बनाइदिन प¥यो भनेर भन्छन्, हैन भने हामीलाई घाटा हुन्छ भन्छन् तर मूल्य निर्धारण समितिले जति मुल्य निधारण गर्छ त्यही अनुरुप हामीले खरिद गर्ने हो’, प्रमुख चौधरीले भने ।

त्यस्तै जिल्लाका विभिन्न स्थानबाट खसी बोका खरिद संकलन गरि पठाउने गरेको उनको भनाइ छ । जिल्लाको तुलसीपुर, पश्चिम हापुरे, लमही लगायतका क्षेत्रबाट खसी बोका खरिद गरेर विक्रीका लागि काठमाडौं पठाउँदै आएको उनले बताए । यसवर्ष कृषि र सहकारीमार्फत खसीबोका खरिद गरी स्वास्थ्य चेकजाँच गरेर मात्र काठमाडौं पठाइने निमित्त प्रमुख चौधरीले बताए । अहिले धेरै जनाले खसीबोका ल्याउने भन्दै सम्पर्क गरिरहेको तर एक जनाबाट बढीमा २० वटा खसी बोका मात्रै खरिद गरिने उनको भनाइ छ ।

जिल्लाबाट खरिद गरिएका खसी बोकालाई पठाउनका लागि केन्द्रबाटनै ठेक्का आह्वान गर्ने भनेर आएको हुन्छ, ५ लाखसम्मको ठेक्का आह्वान गरिएको हुन्छ । मालवाहक ट्रकबाट पठाउने गरेको निमित्त प्रमुख चौधरीले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं, तिहार र छट पर्वलाई मध्यनजर गरेर खसी बोका खरिद गरेर सहुलियत दरमा विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे