LISTEN LIVE RADIO

देउखुरीको लालमटियामा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते



देउखुरीको लालमटियामा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

भालुवाङ १४ असोज । देउखुरीको लालमटियामा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् । भालुवाङबाट लमही तर्फ जाँदै गरेको रा ४ प ५८०७ नम्बरको मोटरसाइकलले आज बिहिबार बेलुका सवा ४ बजेको समयमा पूर्व—पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लालमटिया चोकमा ठक्कर दिंदा राप्ती गाउँपालिका—२ लालमटिया निवासी दुर्गाबहादुर पुनको छोरा बर्ष ९ का आयुष पुन गम्भीर घाइते भएका छन् ।

घाइते आयुषको लालमटियामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा लगिएको छ । मोटरसाइकलको ठक्करबाट बालकको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ भने टाउको, हात र शरीरको अन्य भागमा पनि चोट लागेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

मोटरसाइकल चालक राप्ती गाउँपालिका—१ भालुवाङ निवासी बर्ष ३५ का सकिल हलवाई पनि घाइते भएकोले हलवाईको पनि लालमटियामा समान्य उपचार पछि थप उपचारका लागि भैरहवा पठाइएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे