LISTEN LIVE RADIO

प्युठानको ददेरीबाट दिनदहाडै एक बालक आफ्नै घरबाट बेपत्ता



प्युठानको ददेरीबाट दिनदहाडै एक बालक आफ्नै घरबाट बेपत्ता

भालुवाङ १३ असोज । प्युठानमा एक बालक ६ दिन देखि बेपत्ता भएका छन् । सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरी निवासी प्रकाश सुनार तथा श्रीमती बिमा सुनारका एक मात्र छोरा वर्ष ३ का मनिस सुनार गत असोज ८ गते शुक्रवार विहान करिव साढे ११ बजेको समयमा घर अगाडी खेल्दै गरेको अवस्थामा एकाएक वेपत्ता भएको पारिवारीक स्रोतले जनाएको छ ।

गहुँ गोरो वर्ण, २ फिट ४ इन्च उचाई, कालो टिर्सट, कालो रङको कट्टु लगाएको र खाली खुट्टा रहेको अवस्थामा हराएको बालकका आमा बिमा सुनारले बताउनु भयो । एकाएक घरको आँगनबाट दिनदहाडै बालक हराएपछि परिवार सँगै छिमेकी समेत त्रसित बनेका छन् ।

यता यस बिषयमा प्रहरी चौकी ढुङ्गेगढी दर्भानका प्रहरी प्रमुख तथा सहायक प्रहरी निरीक्षक नन्दबहादुर आले संग कुरा गर्दा उक्त बालकको खोजी कार्य भईरहेको तर अहिले सम्म कुनै पत्ता नलागेको जानकारी दिए । उनले घरबाटै दिनदाहाडै बालक हराउनु घटना रहस्यमय भएको बताए ।

बालक कसरी हराए भन्ने बिषयमा हामीले छरछिमेकलाई सोध्दा कसैले पनि नदेखेको र त्यो दिन ददेरी गाउँमा कुनै नयाँ ब्यक्ति नआएको स्थानीयबासी संग प्रतिक्रिया पाएको सहायक प्रहरी निरीक्षक आलेले रेडियो राप्तीलाई जानकारी दिए ।

बालकलाई घरमा छोडी नजिकैको जंगलमा घाँस काट्न गएको र घर फर्किदा बालक घरमा नदेखेपछि वरपर खोजी गर्दा कहीकतै फेला नपरेपछि परिवारले प्रहरी चौकी दर्भानलाई खबर गरेका थिए । प्रहरीले घरबाटै दिनदाहाडै बालक हराएको खबर पाउन साथ खोजी कार्य गरिरहेको प्रहरी चौकी दर्भानले जनाएको छ ।

साथै नाबालक छोराको खोजी कार्य गरिदिन पिडित सुनार परिवारले प्रहरी, पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी सवैलाई गरेको छ । बालकलाई फेला पार्नु हुने मानुभावले मो. ९८४४८०२७३४ र ९८४४८०२७१५ मा सम्पर्क गरि जानकारी दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे