LISTEN LIVE RADIO

बाल जनता माबि वनगाउँमा अध्यक्ष नहुँदा आर्थिक देखि प्रशासनिक कार्यमा समस्या



बाल जनता माबि वनगाउँमा अध्यक्ष नहुँदा आर्थिक देखि प्रशासनिक कार्यमा समस्या

श्रवण बस्नेत, लमही २३ असोज । लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा रहेको बाल जनता माध्यमिक विद्यालयले ६ महिना बित्नै लाग्दा पनि अहिले सम्म अध्यक्ष पाउन सकेको छैन । कोरम नपुग्ने गरेकाले बिद्यालयले लामो समयसम्म पनि अध्यक्ष नपाएको हो । अध्यक्ष नभएको कारण बिद्यालय निकै तनाबमा रहेको छ । जसकै कारण अध्यक्षद्वारा गरिने संम्पुर्ण आर्थिक देखि प्रशासनिक र अन्य गतिविधि संचालनमा बाधा पुगेको बिधालयका प्रअ चेललाल चौधरीले जानकारी दिएका छन् ।

बैखाख महिना देखि अध्यक्ष रिक्त छ, के गर्नु मैले त पहल कदमी अगाडि बढाएकै हु तर अभिभावक ज्यु आइदिनु हुँदैन र अभिभावकहरुलाई बिद्यालय तर्फ कुनै पनि चाँसो छैन उनले भने । मैले अध्यक्ष गठन गर्नका लागि ३ पटक पटक बैंठक बोलाए तर पुराना पदाधिकारीहरु २÷३ जना मात्रै आउनुहुन्छ अनि एक छिन गफगाफ हुन्छ अनि पछि गरौला भन्ने हुन्छ । अनि पछिपछि भन्दै गर्दा निकै ढिलाइ भयो प्रअ चौधरीले भने । अब पुन १ पटक बैठक बोलाउछु अनि के हुन्छ, तर जसरी पनि यहि महिनाको दशै भन्दा अगाडी नै गठन गर्ने सोच छ हेरौ के हुन्छ भनी जबाफ दिए । २०१८ सालमा स्थापना भएको बिद्यालयमा विद्यार्थी संख्या भने २५० सय देखि ३०० मात्रै रहेका छन् ।

जुन ६ कक्षा देखि माथिल्लो १२ कक्षा सम्मको तथ्यांक हो । दाङको दोस्रो ठुलो तथा धनी बिद्यालयको रुपमा लिइने बिद्यालयको हबिगत अत्यन्तै दयनीय अबस्थामा रहेको छ । लमही बजारमा थुप्रै घडेरी तथा जग्गा भएपनि त्यसको प्रतिफल पनि राम्रो संग पाउन नसक्दा बिद्यालयको आर्थिक अबस्था पनि अत्यन्तै दयनिय भएको छ । घडेरीको कतिपयले बैठकी मात्रै बुझाउ छन् त कतिपयले त दिदैनन् अनि रकम उठाउन जाँदा उल्टो ज्यान मार्ने धम्की दिने गरेको प्रअ चौधरीले बताए । अध्यक्ष गठन प्रकृयामा पटक पटक बिद्यालयमा राजनीति हाबि हुँदा बिद्यालयको अबस्था अत्यन्तै नाजुक भएको छ । लमही बजार देखि २ किलोमिटर दुरीमा उक्त बिद्यालय पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे