LISTEN LIVE RADIO

कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताबाट हटायो



कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताबाट हटायो

पोखरा २९ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।

सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको पत्रमा उल्लेख छ । थापालाई दलको नेताबाट हटाइएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे