LISTEN LIVE RADIO

राप्ती ६ मा सञ्चालित २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न



राप्ती ६ मा सञ्चालित २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न

भालुवाङ ८ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा बिहीबार देखि सञ्चालित २ दिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजनामा सञ्चालित तालिम सम्पन्न भएको हो । वडा सदस्य गिता चाैधरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै वडा सदस्य चाैधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिएकी छिन् । तालिम समापन कार्यक्रममा वडा सदस्यहरू बलिराम चाैधरी, सावित्री परियार, वडा सचिव मंगलप्रसाद चाैधरी, सहभागीहरू संजिव चाैधरी र विमला चाैधरी लगायतकाले बोलेका थिए ।

तालिममा वडा अध्यक्ष, सदस्यहरू र युवा, बालबालिका गरि २० जनाको सहभागीता रहेको थियो भने प्रशिक्षकमा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहेका थिए । कार्यक्रमको सञ्चालन तालिमकी सहभागी निर्मा चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे