LISTEN LIVE RADIO

ज्ञानोदय माविमा लैंगिक हिंसा न्युनीकरणमा युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता



ज्ञानोदय माविमा लैंगिक हिंसा न्युनीकरणमा युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता

सिसहनियाँ १७ मंसिर । राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा रहेकाे ज्ञानोदय माविमा  लैंगिक हिंसा न्युनीकरणमा युवाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र र ज्ञानोदय मावि पत्थरगढवाको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत साे कार्यक्रम सम्पन्न भएकाे हाे ।

विद्यालयका प्रधानध्यापक इन्द्रदेव चौधरीकाे अध्यक्षता एवम् वडा नं. ६ का वडाध्यक्ष दिपककुमार चौधरीकाे प्रमुख अथित्यतामा प्रतियाेगिता भएको हो ।  १५ जना छात्रछात्राहरुले भाग लिएकाे प्रतियोगितामा कक्षा ९ की छात्रा सुनिता शेर्पा प्रथम, कक्षा १० की छात्रा दिपिका महरा दोस्रो, कक्षा १० की सृष्टी चौधरी तेस्रो र कक्षा १० का छात्र थमे पार्देले सान्त्वना स्थान हाँसिल गरेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुन सफल प्रतियोगी विद्यार्थीहरुलाई नामसालिङ सामुदायिक विकास केन्दले ५ हजार रुपैयाँ बराबरको पुरस्कार वितरण गरेको थियो ।

कार्यक्रममा ज्ञानोदय मावि पत्थरगढवा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिमबहादुर चौधरी, शिक्षक मंगल प्रसाद चौधरी, एनसीडीसीका फिल्ड संयोजक धर्म यादव लगायतका वक्ताहरुले आ आफ्नो भनाइ राखेको थिए भने कार्यक्रमको संचालन शिक्षक हर्कबहादुर चौधरीले गरेका थिए । कार्यक्रममा करिव २ सय जना विद्यार्थीको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे