LISTEN LIVE RADIO

आशाका किरण संस्थाद्धारा दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न



आशाका किरण संस्थाद्धारा दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

भालुवाङ १२ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले मंगलवार दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।हिन्दुहरुको महान् चाड विजयादशीको अवसरमा दशैको  दोस्रो दिन संस्थाले राप्ती गाउँपालिका वडा नम्बर २ को सहयोग तथा सहकार्यमा लालमटियामा कार्यक्रम गरेको हो । संस्थाका अध्यक्ष अशाेक बेल्वासेकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैधरीले चाडपर्वलाई मर्यादित तरिकाले मनाउन सुझाव दिएका छन् । चाड मनाउने नाममा गर्ने देखासिकीको अन्त्य गरी औकात हेरेर दशै मनाउन उनले आग्रह गरेका छन्  । साथै कार्यक्रममा ५ जना नयाँ सदस्यहरु पवित्रा विक, सिर्जना थापा, लक्ष्मी पाेख्रेल, निशाकुमारी चाैधरी, संगिता भण्डारीलाई टिका लगाएर स्वागत गरिएकाे थियाे ।

संस्थाका सदस्य पवित्रा विककाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदस्य टेकबहादुर रावत, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, रामजहदी सामुदायिक वन उपभाेक्ता समुहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, इलाका प्रहरी कार्यालय भालुवाङका असइ दिलिप याेगी,  समाजसेवी तथा बुद्धिजिवी होमप्रसाद शर्मा, होटल पौवा भालुवाङका प्रबन्धक श्याम न्यौपाने, संस्थाका प्रेस सल्लाहकार सन्तोषकुमार गुप्ता, समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसाल, हिन्दु जागर नेपालका केन्द्रिय अध्यक्ष नवीन गिरी, राप्ती मोबाइल तथा इलोक्ट्रोनिक्स व्यवसायी संघका सदस्य युवराज भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे