LISTEN LIVE RADIO

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान गरेर बार्षिकोत्सव मनायाे



शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान गरेर बार्षिकोत्सव मनायाे

दाङ १५ भदाै । दाङको तुलसीपुर उपमहानगरपालिकाको बाहिनी चोक स्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था दोस्रो बर्षम प्रवेश गरेको छ । दोस्रो बर्षमा प्रवेश गरेको अबसरमा संस्थाले बुधबार रक्तदान कार्यक्रम गरेको छ ।

शिव शिखर एग्रो प्रालि र गार्डेन मार्टको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको संस्थाका शाखा प्रमुख विक्रम खड्काले बताए । उनका अनुसार रक्तदान नै जीवन दान भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । एकजना ब्यक्तीको खेर जाने रगतले कसैको मृत्युबाट बच्ने भन्दै यो कार्यक्रम आयोजना गरिएको उनले बताए । दुई बर्ष अघि संस्था तुलसीपुरमा स्थापना भएको हो ।

सहकारीले अहिले बचत तथा ऋणसंगै सहकारीबाट क्युआर कोड, मोवाइल बैंकिङ,एटिएम, इटेलरलगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै सहकारीले तुलसीपुरमा गोर्डेन मार्ट पनि सञ्चालनमा ल्याएको छ । जहाँ हरेक सामानहरु सुफथ मूल्यमा पाईन्छन् । त्यस्तै सहकारीका सदस्यहरुलाई बिशेष सहुलियतको ब्यबस्था गरेको समेत शाखा प्रमुख खड्काले बताए ।

सहकारीका मात्रै करिब ५ हजार ८ सय सदस्य रहेका छन् । सहकारीले मनिकापुरमा अदुवा,वेसार प्रसोधन केन्द्र सन्चालनको तयारी गरेको छ । साथै केही समयमा ड्रिङ्किङ् वाटर सञ्चालनमा ल्याउन लक्ष्य रहेको शाखा प्रबन्धक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे