LISTEN LIVE RADIO

दाङकाे तुलसीपुरमा बलात्कार बिरुद्ध प्रदर्शन



दाङकाे तुलसीपुरमा बलात्कार बिरुद्ध प्रदर्शन

देउखुरी टुडेकर्मी, तुलसीपुर २६ असोज ।

देशका विभिन्न ठाउँमा बलात्कार, यौन हिंसाका घटनाहरु बढ्दै गइरहेका छन् । पीडित महिलाहरुको न्यायका लागि युवायुवती, महिला अधिकारकर्मी लगायतले देशका बिभिन्न ठाउहरुमा प्रर्दशन गर्दै आइरहेका छन्।

यसैबीच तुलसीपुरमा पनि स्वतन्त्र युवाहरुले सोमबार विहान प्रदर्शन गरेका छन । सामाजिक संजालबाट जोडिएर उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन क्रममा बलात्कारीलाई मृत्यु दण्डको माग गरेका थिए । मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ? , सरकार चुप कहिलेसम्म ?, हिजो निर्मला, आज संझना, भोलि हजुरको कोही ‘? लेखिएका व्यानर प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए ।

तुलसीपुरको बिपी चोक बाट सुरु भएको र्याली बिरेन्द्र चोक हुदै बजार परिक्रमा गरेको थियो । उनीहरुले बलात्कारीलाई कडा भन्दा कडा कानुन नहुँदासम्म बलात्कारका घटना दोहरी रहने भन्दै मृत्यु दण्डको व्यवस्था गर्न माग पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे