LISTEN LIVE RADIO

माओवादी केन्द्रद्धारा इप्रका भालुवाङलाई स्वास्थ्य सामाग्री प्रदान



माओवादी केन्द्रद्धारा इप्रका भालुवाङलाई स्वास्थ्य सामाग्री प्रदान

भालुवाङ २५ जेठ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले मंगलबार ईलाका प्रहरी कार्यालय भालुवाङलाई करिब १० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना महामारीमा फण्टलाईन काम गर्ने नेपाल प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको कोभिड बिशेष कार्यक्रम अन्र्तगत उक्त स्वास्थ्य सामाग्री ईलाका प्रहरी कार्यालय भालुवाङलाई प्रदान गरिएको हो ।

पार्टीले ईप्रका भालुवाङलाई पाँच सय पिस मास्क, ५० पिस सेनिटाइजर गरी ९ हजार ७ सय २५ रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामाग्री प्रदान गरेको पार्टीका सचिवालय सदस्य तथा संचार प्रबक्ता तुला गिरीले जानकारी दिएका छन् ।

उक्त स्वास्थ्य सामाग्री पार्टीका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीले ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टलाई प्रदान गरेका थिए । सामाग्री ग्रहण गर्दै प्रहरी निरीक्षक भट्टले पार्टीको यो जनमैत्री कार्यको खुलेरै प्रशंसा गरे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा संचार प्रबक्ता तुला गिरी, पार्टीका गाउँ कमिटी सदस्य टपराज आचार्य, राप्ती गाउँपालिका २ नम्बर वडा कमिटी अध्यक्ष बसन्त नेपाली, वाइसियलका जिल्ला सदस्य युवराज थापामगर, उद्योगपति झग्गु अधिकारी र पत्रकार सन्तोषकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे