LISTEN LIVE RADIO

दाङमा चोरी र वन मुद्धाका फरार दुई जना अभियुक्त पक्राउ



दाङमा चोरी र वन मुद्धाका फरार दुई जना अभियुक्त पक्राउ

दाङ २५ जेठ । दाङमा विभिन्न शिर्षकका दुई मुद्धामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्द रिजालका अनुसार चोरी र बन मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने ३६ बर्षिय सुवि चौधरी रहेको डिएसपी रिजालले जानकारी दिए ।

दाङ देउखुरी जिल्ला अदालतले चौधरी विरुद्ध २०७४ फागुन १४ गते वन मुद्धामा दोषी ठहर गदै एक लाख अरत्तिस हजार नौ सय सत्र रुपैया जरिवाना तोकेको थियो । उनलाई मंगलवार बेलुकी पाँच बजे पक्राउ गरी अदालत उपस्थित गराईएको डिएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे