LISTEN LIVE RADIO

सडक छेउछाउका झाडी सफाई गर्दै भालुवाङ प्रहरी



सडक छेउछाउका झाडी सफाई गर्दै भालुवाङ प्रहरी

ओमप्रकाश गुप्ता, भालुवाङ २२ असाेज ।    इलाका प्रहरी कार्यालय भालुवाङले विहिवार पुर्व पश्चिम महेन्द्र राजमार्ग छेउछाउको झाडी सफाई गरेको छ । सवारीसाधन तथा पैदल यात्रुहरुलाई असहज हुने र दुर्घटना गराउन सक्ने किसीमका राजमार्ग छेउछाउमा रहेका अनाबश्यक बाँस तथा अन्य रुख र झाडीहरु सरसफाई गरिएको प्रहरीले जानकारी दिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका वडा नं.२ बराखुट्टी स्थित देउराली चोकमा झाडी सफाई गरिएको बताइएको छ । सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी , टोल सुधार समितीका पदाधिकारी ,निगरानी समुहका क्रियाशिल सदस्य, आमा समुह, महिला समुहहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे