LISTEN LIVE RADIO

अपाङ्गता पुनस्थापनाको आवश्यकता र महत्व विषयक सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न



अपाङ्गता पुनस्थापनाको आवश्यकता र महत्व विषयक सरोकारवाला बीच अन्तरक्रिया सम्पन्न

भालुवाङ १५ चैत । राष्ट्रिय शारिरिक पुनस्र्थापना सेवा प्रदायक संघको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको समन्वयमा पुनस्थापना सेवाको उपलव्धता, आवश्यकता र यसको महत्व विषयक सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम प्रदेश राजधानी देउखुरीमा सम्पन्न भएको छ ।

सेवा प्रदायक संघका संस्थापक अध्यक्ष कपिल पोख्रेलको अध्यक्षतामा भएकाे कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, विभिन्न गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरु, सेवा प्रदायिक संस्थाहरु, अपाङ्गता क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सेवा प्रदायक संघका सचिवालय सदस्य तथा कन्सलटेन्ट कोर्डिनेटर हरिप्रसाद खनाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय परियोजना संयोजक सन्दिप विक, महासचिव डा. हितेस न्यौपनेले हाल सम्म शारीरिक पुनस्र्थापनाको अवस्था र आवश्यकताको बारेमा प्रस्तुतिरण राखेका थिए ।

  कार्यक्रमका सहभागीहरु भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रदेश व्यवस्थापक धिरेन्द्र विक, नेपाल अपाङ्ग संघ नव जिवन केन्द्र स्वर्गद्धारी शाखाका उपाध्यक्ष निशान्त आचार्य, अपाङ्ग मानव अधिकार एवं सरोकार मंच नेपालका अध्यक्ष जिवि चिन्तन, घोराही उप-महानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेल, राप्ती प्रादेशिक अस्पतालका धनबहादुर केसी, अपाङ्ग सुधार समाजका कार्यक्रम संयोजक हुमाकान्त कंडेल र पत्रकार सन्ताेषकुमार गुप्ता लगायतले अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेको स्वास्थ्य पुनस्र्थापना सम्बन्धी समस्याहरुको बारेमा कुरा उठाएका थिए ।

उठेका सवालका बिषयमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सुनिता ज्ञवालीले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनस्थापनाको सवालमा कुनै न कुनै रुपमा काम गरिरहेको र गरिरहने बताउदै योजना तर्जुमा प्रक्रियाको महत्वपूर्ण चरणको समयमा भएको कार्यक्रमले थप ध्यानाकर्षण भएको र आफूहरुले मन्त्रालयमा कुरा राख्ने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे