LISTEN LIVE RADIO

दाङमा थप एक कोरोना संक्रमित बृद्ध महिलाको मृत्यु



दाङमा थप एक कोरोना संक्रमित बृद्ध महिलाको मृत्यु

तुलसीपुर २५ मंसिर । दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज विहान साढे ७ बजेतिर बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७२ वर्षिय महिलाको मृत्यु भएको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

व्यवस्थापक वलीका अनुसार मंसिर १९ गतेदेखि आइसियूमा उपचारारत महिलामा दम, उच्च रक्तचाप, सुगर, निमोनिया रहेको थियो । योसंगै कोरोना विशेष अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे