LISTEN LIVE RADIO

संघीयता सफल पार्न स्वास्थ क्षेत्रकाे भूमिका महत्वपूर्ण : कार्यबहाक मुख्यमन्त्री मास्की



संघीयता सफल पार्न स्वास्थ क्षेत्रकाे भूमिका महत्वपूर्ण : कार्यबहाक मुख्यमन्त्री मास्की

दाङ २० कात्तिक । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताकाे सफलतासंग जाेडिएकाे बिषय भएकाे बताएका छन् । आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमकाे प्रदेशस्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिने बताए ।`स्वास्थ्यकर्मीले गरेकाे कामले दिने परिणामले नै संघीयताकाे सफलता र असफलतासंग जाेडिएकाे हुन्छ´, उनले भने´यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनु पर्छ ।´

साथै उनले स्वास्थ्यकर्मीहरू आफ्नाे जागिरकालागि मात्रै स्वास्थ्य सेवामा आएकाे नभई सेवाकालागि आएकाे समेत मास्कीले बताए ।`सुबिधा लिन मात्रै याे क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि याे पेशामा आउनु भएकाे छ´, उनले भने` त्यसैले पनि स्वास्थकर्मीलाई जनताले भगवान सरह मान्ने गर्छन् ।´ साथै उनले बजेट बिनियाेजन भएपनि कार्यबिधि निर्माणमा ढिलाई गर्दा कार्यान्वयनमा समस्या हुने गरेकाे छ । मन्त्री मास्कीले पछिल्लाे समय मानसिक विरामीहरू बढिरहेकाले यश तर्फ पनि ध्यान दिनु पर्ने अबस्था रहेकाे बताए ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बाेधन गर्दै प्रदेशकाे स्वास्थ्य अबस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएकाे बताए । कार्यक्रममा प्रदेश याेजना आयाेग उपाध्यक्ष डा. नहकुल केसी, जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा, घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरी,स्वास्थ मन्त्रालयका सचिब डा. जनार्दन पन्थीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे