LISTEN LIVE RADIO

स्वास्थ्य चाैकी सिसहनियाँमा फार्मेसी सेवा सुरु



स्वास्थ्य चाैकी सिसहनियाँमा फार्मेसी सेवा सुरु

देउखुरी २१ असाेज । दाङको राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चाैकी सिसहनियाँमा फार्मेसी सेवा सुरु भएको छ। फार्मेसी सेवा नहुँदा स्वास्थ्य चाैकीमा उपचारका लागि आउने बिरामीहरुलाई असुविधा भए पछि पालिकाले फार्मेसी सेवा सुरु गरेको हो ।

सरकारले निशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधी बाहेक अन्य औषधी किन्न बिरामीहरूलाई असहज भएकाले बिरामीहरुकाे सहजताका लागि फार्मेसी सेवा सञ्चालन गरिएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताएका छन् । २४ सै घण्टा सेवा दिने गरि कर्मचारी व्यवस्थापन गरि फार्मेसी सेवा सञ्चालन गरिएको वडा नं.५ का वडा अध्यक्ष तथा स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष देव प्रसाद चाैधरीले जानकारी दिए । फार्मेसी सञ्चालन भए पछि बिरामीहरुलाई थप सहजता भएको स्वास्थ्य चाैकी सिसहनियाँका इन्चार्ज धन बहादुर खड्काले बताए । यस अघि स्वास्थ्य चाैकीमा फार्मेसी नहुदा बिरामीहरुलाई असुविधा हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे