दाङकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु



दाङकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु
घोराही २१ साउन । दाङकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । युरोलोजीष्ट सर्जन डा. प्रबोध रेग्मीले सो सेवा दिने भएका हुन् ।  प्रतिष्ठानका अस्पताल प्रशासक समेत रहनु भएका डेपुटि रजिस्ट्रार झङ्कार लामीछानेले अस्पतालमा अबदेखि युरोलोजि सेवा पनि थपिने जानकारी दिए ।
अबदेखि युरोलोजि सेवा अन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र किड्निमा परेको पत्थरि, पिसावको नलि, थैलिको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्नीएको, पिसाव पोल्ने, चुहीने लगायतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने डा. रेग्मीले बताए ।
अस्पतालका निमित्त निर्देशक तथा जेष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेलले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थानियस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताए । डा. रेग्मी आज नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ । लामोसमयदेखि युरोलोजी सेवा दिन थाल्नु भएका रेग्मी अनुभबि चिकित्सक हुनुहुन्छ ।
डा. रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामीछाने, अस्पताल निमित्त निर्देशक डा. कडेल, सहायक निर्देशक डा. एन्जिलिका कार्की,अस्पताल प्रशासक लामीछानेसहित चिकित्सक र कर्मचारीले स्वागत गरेका हुन् । त्यस्तै एमजिडिपिमा प्रोफेसर डा. नारायण सिंह गुरुङ, सर्जरिमा एशोसियट प्रोफेसर डा. सुर्यमान गुरुङले पनि सेवा सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे