LISTEN LIVE RADIO

मोटरसाइकलको ठक्करबाट देउखुरीकाे नर्तीमा एक पैदलयात्रीकाे मृत्यु



मोटरसाइकलको ठक्करबाट देउखुरीकाे नर्तीमा एक पैदलयात्रीकाे मृत्यु

देउखुरी १० साउन ।  दाङ-देउखुरीकाे नर्तीमा आज बुधबार राती करिब ९ बजेकाे समयमा मोटरसाइकलले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे रा ४ प ५६०७ नम्बरकाे माेटरसाइकलले देउखुरीकाे नर्तीमा  ठक्कर दिंदा साेही ठाउँ निवासी अन्दाजी ४०/४२ वर्षका सन्तु चौधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने माेटरसाइकल भने वडा प्रहरी कार्यालय लमहीकाे नियन्त्रणमा रहेकाे छ भने माेटरसाइकल चालक फरार रहेकाेले खाेजी कार्य भईरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे