LISTEN LIVE RADIO

राप्तीमा अध्यक्ष विष्टकाे पहिलो निर्णयः कक्षा १० सम्म निशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा



राप्तीमा अध्यक्ष विष्टकाे पहिलो निर्णयः कक्षा १० सम्म निशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा

भालुवाङ ६ जेठ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टले गाउँपालिका क्षेत्रका सम्पुर्ण सामुदायिक विद्यालयमा  कक्षा १० सम्मको निशुल्क पठनपाठन  र विशेषज्ञ सहितकाे इमर्जेन्सी स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन् ।

शुक्रबार अध्यक्षकाे  पदभार ग्रहण गर्दै विष्टले पहिलो निर्णय स्वरुप नयाँ आर्थिक वर्ष साउन देखि लागु हुनेगरी सामुदायिक विद्यालयमा कक्षा १० सम्मको पठनपाठन निःशुल्क गराउने निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।

‘यो निर्णय साउन १ गते बाट लागु हुन्छ । विद्यालयको पठनपाठन पूर्ण निःशुल्क बनाउने अभियान अन्तरगत यो निर्णय गरेका हौं’ उनले भने ‘हामीले विद्यालयमा शिक्षक दरवन्दी, शिक्षकको तलवभत्ता लगायत विद्यालयको भौतिक सुधारमा बजेट विनियोजन गर्नेछौं । जुन कार्यक्रम आउँदो असार १ गते बाट लागु हुने छ ।’

स्वास्थ्य तर्फ पनि महत्वपूर्ण निर्णय भएको छ । प्रस्तावीत भालुबाङ अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीमा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी आकस्मीक सेवा सञ्चालन गर्ने निर्णय भएको छ । जुन सेवा २४ घण्टा खुला हुने छ । एक जना एमडिजीपी डाक्टरलाई दरबन्दीमा राखेर गाउँपालिकाले स्वास्थ्य तर्फ निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको हो । ‘आउदो वर्षको बजेटमा सबैकुरा समेट्ने छौं । हामीले साउनबाट यो सेवा दिने छौं’उनले भने–‘पैसा नभएर पढ्न पाएन, पैसा नभएर उपचार गर्न पाएन भन्ने जुन समस्या छ । त्यसको अन्त्य गर्ने पहिलो जिम्मेवारी हो ।’

यसै उपाध्यक्ष कमलापती चाैधरीले पदबहाली गर्दै न्यायिक समितिको संयाेजककाे नाताले कुनै पनि पुर्वाग्रह नराखी सेवा दिने प्रतिवद्धता व्यक्त गरेकी छिन् । नव निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत शोभाराम रिजालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे