देशैभर एकै पटक ६४९ पालिकामा अस्पताल शिलान्यास हुने



देशैभर एकै पटक ६४९ पालिकामा अस्पताल शिलान्यास हुने

काठमाडौं ४ कार्तिक । देशभर ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने भएको छ । यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास हुन लागेको हो ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको हो । अस्पताल निर्माणका लागि ६ सय ४९ वटै पालिकामा बजेट उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

७ सय ५३ मध्ये बाँकी १ सय ४ वटा पालिकामा यसअघि नै आधारभूत अस्पतालको संरचना रहेको छ । अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै पालिकामा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे