LISTEN LIVE RADIO

उपसभामुख सहित लुम्बिनी प्रदेशसभाका ३५ जनामा कोरोना संक्रमण



उपसभामुख सहित लुम्बिनी प्रदेशसभाका ३५ जनामा कोरोना संक्रमण

देउखुरी टुडेकर्मी, बुटवल २७ असोज । लुम्बिनी प्रदेशका उपसभामुख सहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार प्रदेश सभाका पदाधिकारी सहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार उपसभामुख कृष्णी थारु सहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार १० जनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमण पुष्टी भएकाहरुमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मी समेत रहेका प्रवक्ता श्रेष्ठले बताए ।

संक्रमण पुष्टी भएसंगै उपसभामुख कृष्णी थारु भैरहवा स्थित सरकारी निवासको आइसोलेसनमा बसेकी छन् र अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए । यस अघि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, लेखा समिति सभापति डिल्लीबहादुर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ ।

गएको असोज १९ र २० गते प्रदेश सभा वैठक बसेको थियो । उक्त वैठकका क्रममा प्रदेश सभा वैठकमा नाराबाजी र कुर्सी तोडफोड समेत भएको थियो । सो क्रममा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको थियो ।
साभार–अनलाइन खवर

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे