LISTEN LIVE RADIO

नेपालमा आज थप २ हजार ७१ जनामा काेराेना संक्रमण पुष्टि



नेपालमा आज थप २ हजार ७१ जनामा काेराेना संक्रमण पुष्टि

कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५

देउखुरी टुडेकर्मी, २५ काठमाडौँ ।

नेपालमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ७१ जनामा संक्रमण देखिएको हो ।

योसँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५५२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल नेपालमा ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १३ हजार ६४९ छ भने होम आइशोलेसनमा १७ हजार ६६६ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६१३ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे