LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा सुप्रिम र लक्ष्मीको प्रस्तुती, आज जीवन शर्मा लगायतका कलाकारहरु आउँदै



लालमटिया महोत्सवमा सुप्रिम र लक्ष्मीको प्रस्तुती, आज जीवन शर्मा लगायतका कलाकारहरु आउँदै

भालुवाङ २९ पुस । दाङको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको शनिवार तेस्रो दिन देखि महोत्सवको चहलपहल बढ्न थालेको छ । माघी पर्व नजिकिए सँगै मजदुरीबाट घर फर्किएकाहरु म्होत्सव हेर्न आउन थालेका छन् । माघी पर्वले पनि महोत्सवमा रौनकता ल्याउन थालेको छ ।“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा चर्चित बाल कलाकार सुप्रिम मल्ल आउने भनेपछि दर्शकको ओइरो लागेको थियो । सुप्रिमको प्रस्तुती हेर्न गाउँगाउँबाट दर्शकहरु आएका थिए । महोत्सवमा चर्चित बाल कलाकार सुप्रिम मल्लले जाउ बाबु नभन्नु आमा जान्नमा साहुको मेलामा, धोके बाज, नजर लगली, फोटो फ्रेममा लगायतका गीत गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । उनले गाएको गीत मध्ये नजर लगली बोलको गीतमा दर्शकहरुले हुटिङ गर्दै, नाच्दै साथ दिएका थिए । भने जाउ बाबु नभन्नु आमा जान्नमा साहुको मेलामा बोलको गीतमा दर्शकहरुलाई भावुक बनाएका थिए ।
त्यस्तै महोत्सवमा आर्की चर्चित गायिका लक्ष्मी बस्नेतले पनि विभिन्न गीत गाएर दर्शकहरको मन जित्न सफल भएकी थिइन् । उनले गाएका सवै गीतमा दर्शकहरुले हुटिङ गर्दै नाचेर साथ दिएका थिए । त्यस्तै महोत्सवमा कुशल कार्यक्रम सञ्चालक सन्जय देवकोटाले पनि बीच बीचमा विभिन्न गीतहरु मर्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । भने स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
यसै गरी महोत्सवमा राप्ती डान्स आइडल २०८० समेत सुरु भएको छ । गत पुस २७ गते देखि आइडल सुरु भएको हो । पहिलो दिन १५ जनाबाट अडिसन सुरु गरी १० जना छनौटमा परेका थिए भने दोस्रो दिन पुस २८ गते हिपप राउण्ड पार गरेका छन् । आज पुस २९ गते १० जनाबाट सिंगर राउण्ड सुरु गरिने आइडल संयोजक तथा प्रमुख निर्णयक दिपक बर्माले जानकारी दिएका छन् । यसै गरी फिल्मी राउण्ड पार गरिसकेपछि माघ २ गते देखि दर्शकहरुबाट भोटिङ राउण्ड सुरु गरिने आइडल संयोजक तथा प्रमुख निर्णयक बर्माले बताएका छन् । आइडलको निर्णयकमा आइडल संयोजक दिपक बर्मा र सहसंयोजक सुरेश पन्थी रहेका छन् । आइडलमा प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र पुरस्कार रहेको बताइएको छ ।
यसैगरी महोत्सवमा आज पुस २९ गते जनताका गायक जनगायक जिवन शर्मा चर्चित हास्य कलाकार पुर्खे बा, गायिका संगिता चितौरे, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको प्रस्तुती रहने मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् । स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गर्न लागेको संयोजक खड्काले बताए ।

महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् । महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे