लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा तीज मिलन कार्यक्रम



लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा तीज मिलन कार्यक्रम

भालुवाङ २२ भदाै । लुम्बिनी प्रदेश सभा सचिवालयले बिहीबार प्रदेश सभा सचिवालय राप्ती उपत्यका देउखुरी माैरीघाटमा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उपसभामुख मेनुका खाँड केसीको अध्यक्षता एवम् सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा भएको तीज मिलन कार्यक्रममा प्रदेश सांसदहरूले तीज पर्वको शुभकामना व्यक्त गर्दै तीजलाई सभ्य र मर्यादित तरिकाले मनाउन सुझाव दिएका छन् ।

प्रदेश सचिव दुर्लभ कुमार पुनको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा कांग्रेस सचेतक निमा गिरी, एमाले सचेतक रत्नबहादुर खत्री र प्रदेश सदस्य कृष्णी थारूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे