LISTEN LIVE RADIO

लमहीमा महाेत्सव माघ २९ गते सम्मका लागि थप, दर्शकको संख्या बढ्दै



लमही २४ माघ । देउखुरीको लमहीमा सञ्चालित महोत्सव माघ २९ गते सम्मका लागि थप गरिएको छ ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा सञ्चालित छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सव ४ दिनका लागि थप गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा साँस्कृतिक संयोजक केशब पाेख्रेलले जानकारी दिएका छन् । दर्शकहरूकाे अत्यधिक भिड बढ्न थालेकाेले संघकाे आज मंगलबार बसेकाे बैठकले महोत्सव थप गर्ने निर्णय गरेको साँस्कृतिक संयोजक पोख्रेलले जानकारी दिएका छन् ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा सञ्चालित महाेत्सब यश अघि माघकाे २५ गते समापन गर्ने निर्णय गरेको थियो । महोत्सवमा करिव ६० हजार दर्शकले अवलोकन गर्ने र डेढ करोड बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । बिधार्थिहरु लाई ८० रुपैयाँ र अन्य सर्बसाधारणहरु लाई १०० रुपैयाँ टिकट रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे