कोरोनाको नयाँ प्रकार विश्वभर फैलँदै
काठमाडौं १२ पुस । केही साता अगाडि बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ । बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ ।
बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उडान बन्द गरेको छ । नयाँ प्रकारको भाइरस देखिएपछि विभिन्न मुलुकहरुले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्