हाइटीका लागि अमेरिकी विशेष दूतद्वारा आकस्मिक राजीनामा



हाइटीका लागि अमेरिकी विशेष दूतद्वारा आकस्मिक राजीनामा

काठमाण्डाै ८ असाेज । हाइटीका लागि अमेरिकी विशेष दूतले आकस्मिक राजीनामा दिएका छन् । नियुक्ति भएर जिम्मेवारी सम्हालेको दुई महिनामै विशेष दूत डानियल फुटले  पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा हाइटीबाट आएकाहरूको विषयमा भएको विवादका कारण उहाँले राजीनामा दिएको खबरमा उल्लेख छ । हाइटीका हजारौँ शरणार्थी तथा अवैध आप्रवासीलाई अमेरिकाबाट हाइटी पठाउन थालिएको बाइडेन प्रशासनको  निर्णयलाई आफूले अमेरिकी प्रतिनिधिको रुपमा सहजीकरण गर्न नसकेको भन्दै राजीनामा दिएको बताए ।

उनले विदेश मन्त्रीलाई पठाएको राजीनामा पत्रमा हाइटीमा आफ्नो ज्यान जोगाउन पनि कठिन रहेको उल्लेख छ । अमेरिकाको यो निर्णयले हाइटीका नागरिकलाई आक्रोशित बनाएकाले उनीहरूले कुटनीतिक मर्यादा भुलेर आफूमाथि आक्रमण गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

आप्रवासी तथा शरणार्थीहरुमा बस्ने शिविर, खाद्य पदार्थ, पैसालगायत अत्यावश्यक चिजको नै अभाव रहेको उनको भनाइ छ । कतिपय शरणार्थीहरू मानसिक समस्यामा रहेका उनले बताए ।

गएको आइतवारदेखि अमेरिकाले मेक्सिकोको सिमानामा रहेको टेक्सास शिविरबाट एक हजार ४ सय एक जना आप्रवासीहरुलाई फर्काइसकेको छ । भूकम्प र राजनीतिक अस्थिरताबाट भागेर आएका आप्रवासीहरलाई यसरी फिर्ता गर्ने निर्णय अमानवीय भएको उनले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे