अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण, ४ जनाको ज्यान गयो, ११ घाइते



अफगानिस्तानका रक्षामन्त्रीको घरमा कार बम आक्रमण, ४ जनाको ज्यान गयो, ११ घाइते

काठमाण्डौ २० साउन । अफगानिस्तानका रक्षामन्त्रीको घरमा विद्रोही समूहले कार बम आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् । आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले सुरक्षित रहनुभएको बीबीसीले जनाएको छ ।

उनले घटनापछि ट्वीट गरी आत्तिनु नपर्ने भने । रक्षामन्त्रीको परिवारका सदस्यलाई उद्धार गरिएको छ । उनीहरु सुरक्षित छन् । बन्दुकधारीले आज बिहान काबुलको सबैभन्दा सुरक्षित मानिने रक्षामन्त्रीको घरमा कार बम आक्रमण गरेका बीबीसीले जनाएको छ । साथै उनीहरूले गोली पनि चलाएका थिए ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले हिंसा अन्त्य गर्न आह्वान गरेका बेला अफगानिस्तानमा आक्रमणको घटना भएको हो । पछिल्लो घटनामा संलग्नता र ज्यान गुमाउने को हुन् भन्नेबारे पूर्ण रुपमा खुलेको छैन । अमेरिकी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानमा तालिबानले हिंसाका घटना बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे