बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो



बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम, एक हप्तामा सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

काठमाण्डाै २७ जेठ । बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताए ।

प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खतरनाक मानिएको छ ।  बेलायतमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड साेसल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ४० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्क्रमण दर गएकाे फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च हो ।

गएको फेब्रुअरी २६ मा ८ हजार ५ सय २३ जनामा सङ्क्रमण देखिएको थियो । बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ३५ हजार ७ सय ५४ पुगेको छ । बेलायतमा ६ करोड ९२ लाख ५१ हजारभन्दा बढी डोज खोप वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे