कोरोना विरुद्धको खोपलाई बाैद्धिक अधिकार बाहिर राख्न बाइडेनको समर्थन



कोरोना विरुद्धको खोपलाई बाैद्धिक अधिकार बाहिर राख्न बाइडेनको समर्थन

काठमाण्डाै २३ बैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोपलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्ने समर्थन गर्नुभएको छ । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले कोरोना खोपलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्न गरेको पहललाई राष्ट्रपति बाइडेनले समर्थन गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकामा डेमोक्रेटिक सांसदसहित अरु भारत, दक्षिण अफ्रिका लगायत एक सयभन्दा बढी देशले महामारी नियन्त्रणका लागि एकैपटक धेरै खोप उत्पादन गर्नुपर्ने भएकाले यसलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्न दबाब दिइरहेका छन् ।

आविष्कार भएको खोप उत्पादन गर्न सक्षम उत्पादकलाई स्वतन्त्र रुपमा उत्पादन गर्न दिएमा चाँडो खोप उत्पादन भएर सहज आपूर्ति हुने र यसले महामारी नियन्त्रणमा सहज हुने विश्व व्यापार सङ्गठनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डाक्टर टेड्रास गेब्रेसियसले कोरोना महामारी नियन्त्रणका लागि बाइडेनको समर्थन ऐतिहासिक भएको बताउनुभएको रोयटर्सले जनाएको छ । तर खोप आविष्कार गरिरहेका कम्पनीहरुले भने बौद्धिक अधिकार छुटको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे