LISTEN LIVE RADIO

सर्वोदय माविका विद्यार्थीहरु तरकारी बालीमा तेस्रो पुस्ता कटिङ गर्ने तरिका सिक्दै



सर्वोदय माविका विद्यार्थीहरु तरकारी बालीमा तेस्रो पुस्ता कटिङ गर्ने तरिका सिक्दै

सिसहनियाँ १० साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु तरकारी बालीमा तेस्रो पुस्ता कटिङ गर्ने तरिका सिक्न थालेका छन् ।

कक्षा १० को बाली विज्ञान अध्ययन गर्ने  विद्यार्थीहरुले अभ्यास शिक्षण अन्तरगत तरकारी बालीमा लौकाको तेस्रो पुस्ता कटिङ गर्न अनुसन्धान समेत गर्न थालेका छन् ।

विद्यार्थीहरूले करिब डेढ कठ्ठा जग्गामा लौका उत्पादन गर्दै आएका छन् । लौकामा परम्परागत तरिका र तेस्रो पुस्ता कटिङ गर्दा कुन विधिमा धेरै उत्पादन हुन्छ र कति गुणा उत्पादन हुन्छ भन्ने विषयमा अनुसन्धान गर्न सो अभ्यास गरिएको विद्यालयका बाली विज्ञान संयोजक ईश्वर अधिकारीले जानकारी दिएका छन्।

विद्यार्थीहरुलाई अनुसन्धानमुलक प्रयोगात्मक अभ्यासमा जोड दिएको र विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास बाट दक्ष बनाउने रणनीति रहेको समेत बाली विज्ञान संयोजक अधिकारीले जानकारी दिएका छन् ।

नयाँ विधिहरू सिक्न र व्यवहारिक ज्ञानद्वारा कृषि प्रति आकर्षित भएका छौ । हामीहरूलाई यस कृषि सम्बन्धी कार्यहरूमा के कसरी तरकारी खेती गर्ने लगायत अन्य कुराहरुमा पनि सिक्न प्रेरित गरेको विद्यार्थी ओमकुमारी विष्टले बताईन्। यो समाचार प्रशिक्षार्थी पत्रकार निशा कुमारी चाैधरी र सिर्जना थापाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे