LISTEN LIVE RADIO

राप्तीमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बनाइने छ : अध्यक्ष विष्ट



राप्तीमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बनाइने छ : अध्यक्ष विष्ट

भालुवाङ २७ जेठ । राप्ती गाउँपालिकाले प्रभावकारी योजना निर्माणका लागि सुझाव संकलन सुरु गरेको छ ।

शुक्रबार आर्थिक वर्ष २०७९ / ०८० को योजना निर्माणका लागि सरोकारवाला निकाय संग राप्ती गाउँपालिकाले सुझाव संकलन गरेको हो । आगामी आर्थिक वर्षमा संचालन गरिने वार्षिक कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने उद्देश्यले सरोकारवालाहरु संग सुझाव संकलन गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए ।

राप्ती गाउँपालिका स्तरमा संचालन गरिने योजना तर्जुमाका लागि सुझाव संकलन उपलब्धीमूलक बनेको उनले बताए । यता राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सुझाव संकलन कार्यक्रममा धेरै रचनात्मक सुझाव प्राप्त भएको बताए ।

विभिन्न वडाहरुसंगै सरोकारवालाहरु पक्षबाट आएका सुझावलाई समेट्दै आगामी आर्थिक वर्षको बजेट कार्यक्रम तय गरिने अध्यक्ष विष्टले बताए ।

अध्यक्ष प्रकाश विष्टले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर बजेट ल्याउने पनि बताएका छन् । उनले शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय सुर्धानु पर्ने, जीवन उपयोगी तथा रोजगार मुलक शिक्षा आवश्यक रहेको बताएका छन् । त्यस्तै उनले राप्तीका जनतालाई निरोगी बनाउने अभियान चलाउने बताएका छन् ।

कार्यक्रममा सहभागीहरुले राखेको सुझाव तथा रायलाई कार्यान्वयन गर्दै जनताको सेवालाई छिटो, छरितो र पारदर्शी बनाइने, भ्रष्टचारको गन्ध आउन नदिने समेत बताएका छन् ।

त्यस्तै उनले विषेश अवस्था बाहेक ७२ घण्टा भित्र राहत उपलब्ध गराउन कार्यविधी बनाइने पनि बताउका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, नेकपा एमालेका मदन अधिकारी, नेकपा माओवादी केन्द्रका श्यामेश चौधरी, जनता समाजवादी पार्टीका रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, नेपाल कम्युनिष्ट पार्टीका विक्रम, अखिल क्रान्तिकारीका प्रकाश शाही लगायतका वक्ताहरुले आ आफनो भनाई राखेका थिए ।

त्यस्तै कार्यक्रममा संघ संस्थाका, सरकारी तथा गैर सरकारी संस्था, उद्योग वाणिज्य संघका प्रमुख, सञ्चारकर्मी, सुरक्षाकर्मी र विषयगत समुहहरुले राय सुझाव दिएका थिए । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले स्वागत र उपाध्यक्ष कमलापती चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे