LISTEN LIVE RADIO

महिला तथा किशोरीले उच्च शिक्षा लिन नपाउने तालिबान सरकारको निर्णयपछि चौतर्फी विरोध



महिला तथा किशोरीले उच्च शिक्षा लिन नपाउने तालिबान सरकारको निर्णयपछि चौतर्फी विरोध

न्युज एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले महिला तथा किशोरीलाई उच्च शिक्षा लिन नपाउने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ । विभिन्न सङ्घ संस्था र निकायले महिला अधिकारको सुनिश्चित गर्न र शिक्षामा महिलाको समान अधिकार कार्यान्वयन गर्न अपिल गरेका छन् ।

तालिबान सरकारले पछिल्लो पटक महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको छ । अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु निकै दुःखद रहेको संयुक्त राष्ट्र सङ्घीय अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय वुमनका कार्यकारी निर्देशक सीमा बहाउसले यो निर्णय तुरुन्त सच्याउनुपर्नेमा जोड दिए ।

शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्ने उनको भनाइ छ । यसअघि अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति नै निकालेर यो निर्णय सच्चाउन अपिल गरे ।

अमेरिकी विदेशमन्त्री एन्टोली ब्लिङ्केनले देशको आधा जनसङ्ख्यालाई पछाडि धकेलेर कुनै पनि देश फस्टाउन नसक्ने टिप्पणी गरेका छन् । दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि महिला तथा किशोरीका अधिकारमाथि हस्तक्षेप हुँदै आएको छ ।

उनीहरुलाई धेरैजसो सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध छ । तालिबान सरकार महिला अधिकारका विषयमा झन् झन् अनुदार बन्दै गएको भन्दै आलोचना हुँदै आएको छ । सरकारको पछिल्लो निर्णयको त्यहाँका महिला तथा विद्यार्थीहरूसमेत विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे