LISTEN LIVE RADIO

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण,



दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण,

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (एफएओ), संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार झण्डै ६५ प्रतिशत जनसंख्या अर्थात् ७७ लाख ४० हजार मानिस गम्भीर रुपमा खाद्य असुरक्षाको चपेटामा छन् ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले बहुवर्षीय बाढीका घटना, बढ्दो हिंसा र आर्थिक दबाबले धेरै मानिसलाई तीव्र खाद्य असुरक्षाको स्तरतर्फ धकेलिरहेको बताएका छन् ।

दक्षिण सुडानका लागि डब्लुएफपीका कार्यवाहक देशीय निर्देशक अदेयिन्का बाडेजोले द्वन्द्व अन्त्यसँगै जलवायु सङ्कटको सामना गरेर भोकमरी हटाउन सकिने बताएको समाचार संस्था एएफपीले जनाएको छ । निरन्तरको द्वन्द्वले मानिसलाई घर छोड्न बाध्य पारिरहेको छ भने जीविकोपार्जनमा बाधा पुर्याइरहेको छ ।

दक्षिण सुडानका लागि युनिसेफका प्रतिनिधि हमिदा लासेकोले बालबालिकाले सबैभन्दा धेरै मूल्य चुकाउनु परेको र दक्षिण सुडानमा खाद्य असुरक्षालाई सम्बोधन गर्ने प्रयासलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे