LISTEN LIVE RADIO

पहिलो एक दिवसीयमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हरायो



पहिलो एक दिवसीयमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हरायो

काठमाण्डाै १४ माघ । पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हराएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई २७ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४४ ओभर २ बलमा २ सय ७१ रनमा अलआउट भयो ।

इङ्ल्यान्डका जासन रोयले १ सय १३ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले ४ विकेट लिए । त्यस्तै सिसन्दा मालागाले ३ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले १ सय ११ रन बनाए । इङ्ल्यान्डका साम करणले ३ विकेट लिए । जितसँगै तीन खेलको शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यी दुई देशबीचको दोस्रो खेल भोली हुनेछ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे