LISTEN LIVE RADIO

नागरिक उन्मुक्ति पार्टीले आह्वान गरेकाे नेपाल बन्द फिर्ता



दाङ ५ जेठ । नागरिक उन्मुक्ति पार्टीले आह्वान गरेकाे नेपाल बन्द कार्यक्रम फिर्ता लिएको छ ।  जेठ ६ गते देखि १० गते सम्म गर्ने भनेकाे नेपाल बन्द कार्यक्रम साे पार्टीले फिर्ता लिएको हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।

विज्ञप्तिमा भिनएको छ, ‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्री ज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिवद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे