LISTEN LIVE RADIO

सांसदहरुलाई भोली सम्म काठमाडौँ आइपुग्न आठ दलको निर्देशन



काठमाडौँ २३ फागुन । सत्ता साझेदार आठ दलीय बैठकले भोली बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले संघीय तथा प्रदेश सभा सांसदहरूलाई आ–आफ्नो पार्टीभित्र आन्तरिक रूपमा प्रशिक्षण दिने निर्णय समेत गरेको छ । राष्ट्रपति चुनावका लागि मौन अवधि रहेकोले आन्तरिक रूपमा सांसदहरूलाई प्रशिक्षण दिन लागिएको बैठकमा सहभागी नेताहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे