LISTEN LIVE RADIO

प्रचण्ड विरुद्धको रिट सर्वोच्चमा दर्ता, मुद्दाको पेसी बिहीवारलाई तोकियो



प्रचण्ड विरुद्धको रिट सर्वोच्चमा दर्ता, मुद्दाको पेसी बिहीवारलाई तोकियो

काठमाण्डाै २३ फागुन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको पेसी पर्सि पर्सि बिहीवारलाई तोकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्ड विरुद्ध मङ्गलवार रिट हालेका थिए । २०७६ माघ १ मा माघी पर्वको अवसरमा काठमाण्डौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएकामध्ये पाँच हजार जनाकाे मात्र जिम्मा आफूले लिएको अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।

यसअघि गएको कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ गते सर्वोच्च प्रशासनले दरपिठ अर्थात् दर्ता नगर्ने निर्णय गरेको थियो । दरपिठ भएको रिट निवेदन गएको शुक्रवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । इजलासले रिट दरपिठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका आठ दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे