LISTEN LIVE RADIO

रवि लामिछानेकाे नेपाली नागरिकता पुनः कायम, राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति फेरि चयन



काठमाण्डाै १५ माघ । रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनले स्थानीय प्रशासनको सिफारिस अनुसार नागरिकता पुनः पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताए ।

यस अघि नै नेपालको नागरिकता लिइ सकेका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्यागेका थिए । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए ।

सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बनेका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उनले पुनः नागरिकताको प्रमाणपत्र लिएका हुन् । अवैध नागरिकताकै कारण उनको सांसद र मन्त्री पद खारेज भइसकेको छ । लामिछाने गएकाे मङ्सिर ४ गते भएकाे चुनावमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

यता लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका छन् । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो । गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेकाे नागरिकता नै अवैध ठहर गरेपछि उनको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर आज नागरिकता पुन कायम भएपछि उनी फेरि सभापति हुन योग्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे