LISTEN LIVE RADIO

प्रधानमन्त्री र अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जाको मार्गदर्शन संशोधन



प्रधानमन्त्री र अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जाको मार्गदर्शन संशोधन

काठमाण्डाै २० पुस । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । व्यवसायीको चर्को दबाब, राजनीतिक नेतृत्वको निर्देशनपछि नेपाल राष्ट्र बैंकले मार्गदर्शन संशाेधन गरेको हो ।

राष्ट्र बैंकले भर्चुअल पत्रकार सम्मेलन गरेर बैंक तथा वित्तीय संस्थाको सुझावका आधारमा मार्गदर्शन संशोधन गरिएको बताएको छ । नयाँ व्यवस्थाअनुसार तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले २०८२ सालको असार मसान्तसम्म भुक्तानी गरे हुने भएको छ । त्यस्तो रकमलाई अर्धवार्षिकरूपमा भुक्तानी हुनेगरी आवधिक कर्जा शीर्षकमा मिलान गर्न पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

कर्जाको अवधि, भुक्तानी तालिका तथा किस्ता रकम परिवर्तन गर्न भने नपाइने व्यवस्था छ । यस्तो आवधिक कर्जा समयअघि नै चुक्ता गर्न चाहेमा पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीसित अग्रिम भुक्तानी शुल्क लिन पाउने छैनन् । यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको थियो । छलफल चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा केन्द्रित थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे