LISTEN LIVE RADIO

नवौँ राष्ट्रिय खेलकुदमा ३६ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा



नवौँ राष्ट्रिय खेलकुदमा ३६ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा

काठमाण्डाै ३० असाेज । गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।आर्मीले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ वटा पदक जितेको छ । यस्तै, दोस्रोमा रहेको वाग्मतीले छ स्वर्ण, पाँच रजत र दुई कास्य गरेर १३ वटा पदक जितेको छ ।

यस्तै एपीएफले चार स्वर्णसहित १९, गण्डकी प्रदेशले दुई स्वर्णसहित १०, नेपाल पुलिसले दुई स्वर्णसहित ६, सुदूरपश्चिमले एक स्वर्णसहित चार, लुम्बिनीले चार रजत, प्रदेश एकले पाँच कास्य र एनआरएनएले एक कास्य पदक जितेका छन् । कर्णाली र मधेस प्रदेशले अहिलेसम्म पदक जितेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे