LISTEN LIVE RADIO

खाद्यले आजदेखि खसीबोका/च्याङ्ग्रा बिक्री गर्दै



खाद्यले आजदेखि खसीबोका/च्याङ्ग्रा बिक्री गर्दै

काठमाण्डाै १२ असाेज ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि  कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गर्दैछ ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाण्डौ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ८०  रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै  बढेकाले  मूूल्य  बढ्न  गएको  कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र  खसीबोकामा  प्रतिकेजी १० रुपैयाँ छुुट दिइएको जानकारी दिनुभयो।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र  च्याङ्ग्रा  प्रतिकेजी  एक  हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो पर्ने नायब महाप्रबन्धक खनालले बताए । यसपालि काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान छ ।

तर खाद्यले थोरै मात्रै बिक्री गर्ने भएकाले सबैलाई सहज हुने अवस्था छैन । यो बजार हस्तक्षेप मात्रै रहेको कम्पनीले जनाएको छ । पशुसेवा  विभागले  हिजोदेखि नै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा खसीबोकाको  स्वास्थ्य  परीक्षण  समेत सुरु गरेको छ ।

नवमीको दिनसम्म विभिन्न  ठाउँमा  गएर खसीबोकाको  स्वास्थ्य परीक्षण गरिने विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताउनुभयो । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे