एमाले सांसद भीम रावलद्वारा राजीनामा



एमाले सांसद भीम रावलद्वारा राजीनामा

काठमाण्डाै ३ साउन ।  नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरे । सङ्घीय संसद भवन बानेश्वरमा पत्रकारसँग उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

राजीनामाको वक्तव्य पढ्दै उहाँले उच्च नेतृत्वको स्वेच्छाचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताए ।यसअघि एमाले सांसदहरुले रावलको राजीनामा रोक्ने प्रयास गरे पनि सफल भएनन्।

माधवकुमार नेपाल समूहमा रहेका रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा राजीनामा दिने घोषणा गर्नुभएको थियो । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए ।

रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । यसअघि शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्दा रावलसहित एमालेका माधव नेपाल पक्षका २६ सांसदले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे