गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा धेरै ठूलो वर्षा हुने



गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा धेरै ठूलो वर्षा हुने

काठमाण्डाै ३ साउन । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ ।

यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । तीन दिन नै ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम उच्च छ । यस्तै, आज वाग्मती प्रदेश र प्रदेश-१ मा पनि ठूलो पानी पर्ने उनले बताए ।

मनसुन सक्रिय नै रहेकाले देशभरको मौसम बद्ली भएको छ भने धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । अबको तीन दिन नै देशभरको मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । आज राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली रही धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका केही  ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको  सम्भावना रहेको छ। यस्तै, राति सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा धेरै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे