पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै



पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाण्डाै ३ साउन । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले अरु कार्यसूची तय गर्ने सचिवालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर मिति भने तय भइसकेको छैन । यस्तै अघिल्लो सरकारले ल्याएका १६ वटा विधेयकलाई प्रक्रियामा लैजाने तयारी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे