LISTEN LIVE RADIO

नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारको आग्रह



नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारको आग्रह

काठमाडौं २५ असाेज । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने जानकारी गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् ।

अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए। चाडपर्बको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाइ छ। साथै, लकडाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिल नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे।काठमाडौंमा संक्रमणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्जलगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भूमिकालाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे