LISTEN LIVE RADIO

सुक्खा पहिराे खस्दा रुकुम पश्चिममा २ जनाकाे ज्यान गयाे, १ जना घाइते



सुक्खा पहिराे खस्दा रुकुम पश्चिममा २ जनाकाे ज्यान गयाे, १ जना घाइते

रुकुम पश्चिम १४ साउन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँसथलामा सुक्खा पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

आज आइतवार दिउँसो घारीखोला भन्दा माथिको भिरालो ठाउँमा घाँस काट्ने क्रममा पहिरोसँगै खस्दा बाफिकोट–७ का ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । पहिरोमा परेर ४२ वर्षीया बलकुमारी खत्री घाइते भएको र उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेकामा दुई जना ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे