LISTEN LIVE RADIO

राप्ती प्रेस मञ्चले कृष्णसेन इच्छुकको शालिकमा मल्यार्णपण गरि २१ औँ स्मृति दिवस मनायो 



राप्ती प्रेस मञ्चले कृष्णसेन इच्छुकको शालिकमा मल्यार्णपण गरि २१ औँ स्मृति दिवस मनायो 

भालुवाङ १३ जेठ । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले महान साँस्कृतिक शहिद कृष्णसेन इच्छुकको २१ औँ स्मृति दिवस कार्यक्रम मनाएको छ । मञ्चले शनिवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा रहेको सेनको शालिकमा मल्यार्णपण गरि स्मृति मनाएको हो ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  बोल्ने वक्ताहरूले सेनले देखाएको बाटोमा हिड्न सुझाव दिएका थिए ।  सेनले जस्तै राष्ट्रका लागि जस्तो सुकै अवस्थामा पनि पत्रकारहरूले कलम चलाउन डराउन नहुने बताएका थिए । त्यस्तै वक्ताहरूले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको शालिकको पुख्र्यौली घरलाई सहिद पार्कको रूपमा विकास गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यम आवद्व पत्रकारहरू तथा कम्युनिस्ट नेता कार्यकर्ताहरूको समेत सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन  मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे