LISTEN LIVE RADIO

राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको अध्यक्षमा : नेमलाल बेल्वासे 



राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको अध्यक्षमा : नेमलाल बेल्वासे 

भालुवाङ १३ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको अध्यक्षमा नेमलाल बेल्वासे सर्वसहमतिले निर्वाचित भएका छन् ।

चेम्बरको शनिबार राप्ती गाउँपालिका वडा नम्बर ५ को पर्यटकीय स्थल खाैराहाबाबामा भएको दोस्रो वार्षिक साधारणसभा तथा विशेष अधिवेशनले नेमलाल बेल्वासेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीले चयन गरेको हो । जस अनुसार प्रथम उपाध्यक्षमा श्यामा रावत, दोस्रो उपाध्यक्षमा शेषकान्त आचार्य, महासचिवमा बसन्त कुवर क्षेत्री, सचिवमा खेमराज अर्याल, कोषाध्यक्षमा अर्जुन कुमार क्षेत्री रहेका छन् ।

त्यसै गरि सदस्यहरूमा सियाराम चाैधरी, धनीराम चाैधरी, भानु रोकाय क्षेत्री, कमल केसी, युवराज न्याैपाने, अरूण केेसी, युवराज ज्ञवाली, लक्ष्मी पोख्रेल, विष्णुप्रसाद सुवेदी, बालानन्द आचार्य, ओमनाथ बञ्जाडे रहेका छन् । चेम्बरका कार्यवाहक अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोख्रेलको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन महासचिव शेषकान्त आचार्य र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रेमबहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए ।

चेम्बरका दोस्रो उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा दाङ चेम्बर अफ कमर्सका पुर्व वरिष्ठ उपाध्यक्ष घनश्याम अधिकारी, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, प्रगतिनगर शहरी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, महासचिव प्रेमप्रकाश गिरी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे